झापा, साउन ३० :

जंगली हात्तीको आक्रमणमा परी घाइते भएकी झापाको दमक नगरपालिका १ कि सुनीता राईको मृत्यु भएको छ ।

दमक १ को बरगाछीस्थित सडकमा यही साउन ११ गते बिहान साढे ४ बजे ‘मर्निङ वाक’ मा जाँदै गर्दा हात्तीको आक्रमणमा परी घाइते भएकी ४६ वर्षीया सुनीताको उपचारका क्रममा आज (शुक्रबार) बिहान विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।

सुनीता आफ्नी बहिनी राई कवितासँगै मर्निङ वाक गरिरहेको अवस्थामा हात्तीले दुवैमाथि आक्रमण गरेको थियो । प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राईका अनुसार हात्तीको आक्रमणबाट घाइते दुवैलाई दमक अस्पतालमा उपचारपछि विराटनगर पठाइएको थियो ।

प्रहरीका अनुसार घाइते कविताको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।