काठमाडौं, साउन ३१ :

सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा शनिबार दिउँसो साधारणत: बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागलगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।

शनिबार राति भने कोसी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणत: बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

कोसी र सुदूरपश्चिमको पहाडी तथा तराई भू-भागलगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ ।