मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी #प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
समाचार

नेपालमा मनसुनको अवस्था कमजोर, तराईमा मध्यम वर्षाको सम्भावना

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३१ साउन, २०८२ मा प्रकाशित
नेपालमा मनसुनको अवस्था कमजोर, तराईमा मध्यम वर्षाको सम्भावना
काठमाडौं, साउन ३१ :

सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा शनिबार दिउँसो साधारणत: बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागलगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।

शनिबार राति भने कोसी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणत: बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

कोसी र सुदूरपश्चिमको पहाडी तथा तराई भू-भागलगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार