साउन ३१ :

डोनाल्ड ट्रम्पले  युक्रेन युद्ध अन्त्य गर्ने सबैभन्दा राम्रो उपाय अस्थायी युद्धविरामभन्दा  स्थायी शान्ति सम्झौता भएको  बताएका छन्। उनले भने युद्धविराम प्रायः लामो समय टिक्दैन ।

यो ट्रम्पको नयाँ अभिव्यक्ति उनको अलास्का शिखर सम्मेलनतर्फ जाँदै गर्दा दिएका भनाइसँग विपरीत छ ।  बैठक अघि  उनले युद्धविराम बिना फर्किन आफु सन्तुष्ट नहुने बताएका थिए।

यसैबीच युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले सोमबार वाशिंगटन डीसी पुगेर ट्रम्पसँग भेट गर्ने बताएका छन्।

कीभमा युक्रेनीहरूले ट्रम्पले पुटिनलाई दिएको रातो कार्पेट स्वागतका कारण आफूहरू थिचिएको अनुभूति गरेको बताएका छन्।

अलास्का शिखर सम्मेलनमा कुनै सम्झौता भएन ।  तर ट्रम्पले प्रगति भएको जिकिर गरे भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू युद्ध अन्त्य गर्न सत्यनिष्ठापूर्वक इच्छुक भएको दाबी गरे।

ट्रम्प–पुटिन भेटलाई लाजमर्दो भन्दै डेमोक्र्याटहरूको कडा आलोचना

ट्रम्प वाशिंगटन फर्किएपछि डेमोक्र्याट सांसदहरूले सामाजिक सञ्जालमा ट्रम्पको अलास्का शिखर बैठकबारे आलोचना गर्न थालेका छन्।

हामीले शान्तिको लागि प्रार्थना गरेका थियौँ तर बदलामा पुटिनको प्रशंसा मात्र पायौँ, प्रतिनिधि सभाको सभामुख न्यान्सी पेलोसीले एक्समा लेखेकी छन्।

पेलोसीले लेखेकि छिन पुटिनले युक्रेनबाट अपहरण गरिएका दशौँ हजार बच्चाहरू तुरुन्तै फर्काउनु पर्छ र युद्धको हतियारका रूपमा गरिँदै आएको महिलामाथिको बलात्कार रोक्नुपर्छ।

सेनेट अल्पमत नेता चक शुमरले  ट्रम्पले एक सत्तावादी गुण्डाका लागि रातो कार्पेट बिछ्याएको आरोप लगाए।

युक्रेन र हाम्रा सहयोगीहरूसँग उभिनुको सट्टा ट्रम्प एक यस्तो शासकसँग काँधमा काँध मिलाएर उभिए जसले वर्षौँदेखि युक्रेनी जनता र विश्वलाई आतंकित गर्दै आएको छ उनले भने।

मेरिल्यान्डका सेनेट सदस्य क्रिस भ्यान होलेनले भने ट्रम्पलाई रूसी राष्ट्रपति पुटिनले खेलेको दाबी गरे।

पुटिनले अमेरिकी भूमिमा भएको बैठक पाए, ट्रम्पले पुटिनबाट चापलुसी पाए। फाइदा पुटिनको,लाजमर्दो कुरा, उनले एक्समा लेखेका छन् ।

ट्रम्प पुटिन बैठकबारे विश्व नेताहरूको  प्रतिक्रिया

जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले ट्रम्पको न्यायपूर्ण र दीर्घकालीन शान्ति हासिल गर्ने प्रयासको प्रशंसा गर्दै युक्रेनले जर्मनीको अटुट ऐक्यबद्धतामा भरोसा गर्न सक्ने बताए।

पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले चेतावनी दिँदै भने युक्रेनको भविष्य, पोल्याण्डको सुरक्षा र सम्पूर्ण युरोपका लागि खेल निर्णायक चरणमा प्रवेश गरिसकेको छ र पुटिन फेरि ध्रुत र निर्दयी खेलाडी साबित भएको छ।

नेदरल्याण्ड्सका प्रधानमन्त्री डिक स्कुफले भने आफूले युक्रेनलाई सैन्य, वित्तीय र राजनीतिक सहयोग निरन्तर दिने र रुसमाथि कडा प्रतिबन्ध लगाउने दबाब कायम राख्ने बताएका छन्।

भारतको विदेश मन्त्रालयका प्रवक्ताले शिखर बैठकमा भएको प्रगतिलाई स्वागत गर्दै शान्तिको खोजीको सराहना गरेका छन्।

युरोपेली संघकी परराष्ट्र नीति प्रमुख काया कलासले भने पुटिनको यो युद्ध छिट्टै अन्त्य गर्ने कुनै मनसाय छैन भन्दै उनले वार्ता लम्ब्याइरहेको र जोगिने आशा गरिरहेको आरोप लगाइन्।

रूसको आक्रमण बढाउनेछ – जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी दिनहरूमा रूसले युक्रेनमाथि अझै बढी दबाब र प्रहार गर्ने अपेक्षा व्यक्त गरेका छन् । शक्ति केन्द्रहरूसँग वार्ताका लागि अनुकूल परिस्थिति सिर्जना गर्न सकियोस्।

सामाजिक सञ्जालमा लेख्दै जेलेन्स्कीले भनेका छन् युक्रेनले रूसी सेनाको गतिविधि अभिलेख गर्दैछ र आवश्यक परे प्रतिकार गर्नेछ ।

युक्रेनलाई बलियो स्थितिहरू र शत्रु विरुद्ध वास्तविक प्रतिरोध आवश्यक रहेको कुरा सामाजिक संजालमा जेलेन्स्कीले लेखेका छन् ।