बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

दुई संसदीय समितिको बैठक बस्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १ भदौ, २०८२ मा प्रकाशित
दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं, भदौ १ :

सङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दै छ । निर्धारित कार्यक्रमअनुसार आइतबार पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । यस्तै, चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाका बारेमा बैठकमा छलफल हुने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार