बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार कोसी प्रदेश

कारागारबाट भागेका कैदी पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १ भदौ, २०८२ मा प्रकाशित
कारागारबाट भागेका कैदी पक्राउ
सुनसरी, भदौ १ :

तीन दिनअघि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी बिर्तामोडबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिमिल्सिनाले कारागारबाट भागेका कैदी खोटाङको प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई प्रहरीले झापा जिल्लाको बिर्तामोड नगरपालिका १०, विराटपोखरस्थित आफन्तको घरबाट शनिबार पक्राउ गरिएको जानकारी दिए ।

जबरजस्ती करणी कसुरमा कारागारमा सजाय भोगिरहेका पौडेल खत्रीलाई प्रहरीले पक्राउ गरी थप कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ । जबरजस्ती करणी कसुरमा १३ वर्ष कैद सजाय पाएका खत्रीले एक वर्ष कैद भुक्तान गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार