चितवन, भदौ १ :

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

अहिले दुईवटा जेसिभीको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले बताएका छन् ।

सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केही बेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको छ । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।