नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज (आइतबार) सुनचाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन (शुक्रबार) को तुलनामा सुन प्रतितोला ७०० सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला एक लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (आइतबार) प्रतितोला ७०० ले घट्दै एक लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यसैगरी चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य २३ सय १० रुपैयाँ प्रतितोला कायम छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी प्रतितोला २३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।