बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार भिडियो

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १ भदौ, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट
तस्बिर : दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवालय
काठमाडौं, भदौ १ :

प्रधानमन्त्री केपी ओलीसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारी, नेपालका लागि भारतीय राजदूतलगायत सहभागी थिए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार