बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

अस्पतालबाट डिस्चार्ज भएका २९ कैदीलाई किन कारागार फर्काइएन ?

६ जनालाई अन्य कारागारमा स्थानान्तरण
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १ भदौ, २०८२ मा प्रकाशित
अस्पतालबाट डिस्चार्ज भएका २९ कैदीलाई किन कारागार फर्काइएन ?
कैलाली, भदौ १ :

कैलाली कारागारमा भएको झडपमा घाइते भएका ४८ जना कैदीमध्ये २९ जना अस्पतालबाट डिस्चार्ज भए पनि उनीहरूलाई अझै कारागार फर्काइएको छैन।

सेती प्रादेशिक अस्पतालले ९ जना बाहेक सबैलाई डिस्चार्ज गरिसकेको छ। तर, कारागार प्रशासनले सुरक्षा कारण देखाउँदै उनीहरूलाई अस्पतालमै राखेको छ। हालसम्म ६ जनालाई भने अन्य कारागारमा स्थानान्तरण गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार उनीहरूलाई फेरि कैलाली कारागारमा राखेमा झन् आक्रमणको जोखिम हुन सक्छ। त्यसैले अरू सुरक्षित कारागार खोज्ने काम भइरहेको छ।

ती घाइतेहरूलाई अस्पतालकै कोरोना वार्डमा राखिएको छ। त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा व्यवस्था मिलाइएको छ। अहिले कारागारभित्रको अवस्था सामान्य भए पनि त्रास अझै बाँकी रहेको कर्मचारीहरूले बताएका छन्। गम्भीर घाइते ३ जनालाई काठमाडौं पठाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार