काठमाडौं, भदौ १ :

काठमाडौंमा पत्नीको हत्या गरेर फरार भएका एक युवक पर्साबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका ३० वर्षीय सन्तोष सेन्चुरी छन् ।

गोंगबुस्थित नयाँ बसपार्कनजिकैको कञ्चन कोसी होटेल एन्ड लजको कोठा नम्बर २०१ मा गएको शुक्रबार राति २७ वर्षीया ललिता विकको शव फेला परेको थियो ।

सुनसरीको इटहरी घर भएकी भीममाया लिम्बूले सञ्चालन गरेको होटेलको कोठाको खाटमुनि उनको शव फेला परेपछि प्रहरीले सन्तोषको खोजी गरेको थियो ।

ललिताको शव परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । नुवाकोटको ककनी गाउँपालिका ४ की ललिताको २ वर्षअघि काभ्रेका सन्तोषसँग भएको थियो ।