शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

सुनचाँदी दुवैको मूल्य बढ्यो, यस्तो छ बजारभाउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २ भदौ, २०८२ मा प्रकाशित
सुनचाँदी दुवैको मूल्य बढ्यो, यस्तो छ बजारभाउ
काठमाडौं, भदौ २ :

नेपाली बजारमा साताको दोस्रो कारोबार दिन आज (सोमबार) सुनचाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन हिजो (आइतबार) को तुलनामा सुन प्रतितोला ८०० सय रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन आइतबार प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (सोमबार) प्रतितोला ८०० ले बढ्दै एक लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसैगरी चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य २३ सय १५ रुपैयाँ प्रतितोला कायम छ । हिजो आइतबार चाँदी प्रतितोला २३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार