बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार

कुवेतमा विषाक्त मदिरा सेवनबाट १२ नेपालीको मृत्यु, ३० जनाको उपचार हुँदै

अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २ भदौ, २०८२ मा प्रकाशित
कुवेतमा विषाक्त मदिरा सेवनबाट १२ नेपालीको मृत्यु, ३० जनाको उपचार हुँदै
काठमाडौं, भदौ २ :

कुवेतमा मेथानोल मिसिएको अवैध मदिरा सेवनका कारण १२ नेपालीको मृत्यु भएको छ । ३० जना अस्पतालमा उपचाररत छन्। कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार, घटनामा विभिन्न देशका २३ आप्रवासीको ज्यान गएको छ।

घटनापछि कुवेती प्रहरीले ६७ जनालाई पक्राउ गरेको छ । जसमा नेपाली, भारतीय र बंगलादेशी नागरिक छन्। साल्मियाबाट पक्राउ परेका एक नेपालीको बयानका आधारमा अन्यलाई पनि नियन्त्रणमा लिइएको हो।

६ वटा अवैध मदिरा कारखाना नियन्त्रणमा लिइएको छ भने अस्पतालमा उपचार गराइरहेका आप्रवासीलाई निको हुने बित्तिकै छिट्टै देश निकाला गरिने जनाइएको छ।

कुवेतस्थित नेपाली दूतावासले अवैध मदिरा सेवन, उत्पादन र कारोबार नगर्न सबैलाई चेतावनी दिएको छ। हाल कुवेतमा १ लाख ६० हजार नेपाली कार्यरत छन् भने जेलमा रहेका आधा नेपाली मदिरा र लागू औषधसम्बन्धी मुद्दामा परेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार