काठमाडौं, भदौ २ :

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । उनले केही समयमै दलको नाम घोषणा गर्ने बताएका छन् । उनले भने- राजनीतिले बिगारेको कुरा सुधार्न राजनीतिमा संलग्न हुने संकल्प गरेको हुँ ।

आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू यो निष्कर्षमा पुगेको प्रसाईंले बताएका छन् । उनी कहिले एमाले त कहिले माओवादी पनि भए । वर्तमान प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री प्रचण्डलाईलाईसँगै राखेर मार्सी चामलको भात खुवाएपछि उनी चर्चित भएका थिए ।

राजालाई नाराणहिटी फर्काउने आन्दोलनका क्रममा तीनकुनेमा भएको घटनाले प्रसाईंलाई जेल पुर्याएको हो। उनी दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका हुन् । राजावादी नेताको ट्याग लागेका प्रसाईं पछिल्लो समय राप्रपासँग निकट भएका थिए ।

-फाइल तस्बिर