काठमाडौं, भदौ ३ :

टप एन्ड टी–२० सिरिज अन्तर्गत आज नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीसँग आफ्नो चौथो खेल खेल्दैछ ।

खेल आज नेपाली समय अनुसार बिहान ११:१५ बजे जालिस एरिनामा पामर्स्टनमा सुरु हुनेछ।

नेपाली टोली आज पहिलो जितको खोजीमा रहेको छ ।  नेपाल यसअघिका  तीन वटा खेलमा  जितविहीन छ। पहिलो खेलमा नेपाल स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा भने टेस्ट राष्ट्र बंगलादेश ‘ए’सँग ३२ ले पराजित भएको थियो ।  तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।

नेपालले अझै दुईवटा खेल खेल्नेछ । अगष्ट २० मा मेलबर्न रेनेगेड्स र अन्तिम खेल अगष्ट २२ मा पाकिस्तान शाहिन्ससंग खेल्दैछ ।