
कञ्चनपुर, भदौ ३ :
जबरजस्ती करणी गरेको आरोपमा कञ्चनपुरका नगर प्रहरी इन्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्ने भीमदत्त नगरपालिकामा कार्यरत नगर प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र बोहरा हुन् । जाहेरीका आधारमा नगर प्रहरी इन्चार्ज बोहरालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत साउन ३० गते ३२ वर्षीया एक महिलाले बोहराविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । उनीविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।