रामेछाप, भदौ ४ :

लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ ।  

काठमाडौँबाट दोलखाको चरीकोट,तामाकोशी हुँदै  मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध  भएपछि बीच बाटोमा रोकिएका स्थानीय सञ्जीव चौहानले  जानकारी दिए ।

यसैबीच प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताएका छन् ।