काठमाडौं, भदौ ४ :

नेपाली बजारमा आज (बुधबार) सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन हिजो (मंगलबार) को तुलनामा सुन प्रतितोला १६ सय रुपैयाँ र चाँदी ५५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन हिजो मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज (बुधबार) भने प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँ कायम छ । सुन सोमबार एक लाख ९६ हजार ३०० रुपैयाँ प्रतितोलामा कारोबार हुँदा आइतबार भने प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला २२ सय ५५ रुपैयाँ कायम छ । चाँदी मंगलबार प्रतितोला २३ सय रुपैयाँ, सोमबार २३ सय १५ रुपैयाँ र आइतबार २३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।