काठमाडौं, भदौ ४ :

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।

संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा नियमावली २०७९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

साथै बैठकमा मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ । 
हेर्नुहोस् लाइभ :