काठमाडौं, भदौ ४ :

सरकारले मन्त्रिपरिषद् बैठकको पछिल्लो निर्णय सार्वजनिक गरेको छ । भदौ २ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्वजनिक गरेका हुन् ।

बैठकले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन चौतिस अर्ब उनन्चास करोड (करिब तीस अर्ब आठ करोड रूपियाँ) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले नेपाल बिमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने निर्णय गरेको छ। छानबिन समितिको सिफारिस बमोजिम अध्यक्ष ओझाले खराब आचरण प्रदर्शन गरेको, कार्य क्षमताको अभाव रहेको र पदीय जिम्मेवारी पालना गरेको नदेखिएकोले उनलाई अध्यक्ष पदबाट पदमुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको सञ्चारमन्त्री गुरुङले जानकारी दिए ।

यस्ता छन् थप निर्णय :