काठमाडौं, भदौ ५ :

आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

आतङ्कवादबाट पीडित भएका र त्यसबाट बाँचेकाहरुलाई सम्मान एवं समर्थन गर्नका साथै उनीहरूको मानवअधिकारको पूर्ण उपयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसङ्घ लगायत विश्वका विभिन्न मुलुकमा आतङ्कवादका पीडितहरूको सम्झना एवं श्रद्धाञ्जली सभा आयोजना गरेर यो दिवस मनाइन्छ ।

घृणित विचारधारा फैलाउने आतङ्कवादी गतिविधिबाट हरेक वर्ष हजारौं निर्दोष मानिसले ज्यान गुमाएका छन् । आतङ्कवादको अन्तरराष्ट्रिय स्तरमा निन्दा भए पनि यसबाट पीडितहरुले न्याय प्राप्तिका निम्ति सङ्घर्ष गरिरहेका छन् ।