चितवन, भदौ ५ :

जिल्ला प्रहरी कार्यालय चितवनले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका ९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरुलाई बिहीबार बिहान पक्राउ गरिएको हो ।

सूचना अधिकारी रवीन्द्र खनालका अनुसार एक होटेलमा बसेर ट्रामाडोल बेचिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । भारतको बिहार राज्यको पश्चिम चम्पारण एक युवक पनि पक्राउ परेका छन् ।