सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

दार्चुलामा जिप दुर्घटना हुँदा ११ जना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ५ भदौ, २०८२ मा प्रकाशित
दार्चुलामा जिप दुर्घटना हुँदा ११ जना घाइते
दार्चुला, भदौ ५ :

दार्चुलामा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।

नौगाड गाउँपालिका होपरीबाट बिहीबार बिहान ८:३० बजे होपरीगाडतर्फ गइरहेको ग. ३ च. ३३५१ नम्बरको जिप दुर्घटनामा परी घाइते हुनेमा नौगाड गाउँपालिका–३ का २५ वर्षीया गर्भवती महिला पार्वती टमटा, वडा नम्बर ४ का २६ वर्षीय मोहन ठगुन्ना, मार्मा गाउँपालिका वडा नम्बर ५ का १७ वर्षीया अप्सरा महता र नौगाड गाउँपालिका–४ का ३५ वर्षीय उमेश ठगुन्ना रहेका छन् ।

यसैगरी, नौगाड गाउँपालिका–४ का ४० वर्षीया रम्भा महता, ३४ वर्षीय उमेशसिंह ठगुन्ना,  १२ वर्षीय राम महत र श्याम महता, १४ वर्षीया कान्छी महत, ७२ वर्षीया गम्बा महता र अपिहिमाल गाउँपालिका–४ का १९ वर्षीय लक्ष्मी कार्की सामान्य घाइते भएका छन् ।

चिप्लो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको अनुमान गरिएको छ । गाडीमा ११ जना सवार रहेको बताइएको छ । सिकिस्त घाइते भएका चार जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार