काठमाडौं, भदौ ५ :

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक कार्यक्रममार्फत प्रतियोगिताको मिति घोषणा गरेको हो। 

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार प्रतियोगिता मंसिर १ गतेदेखि २७ गतेसम्म चल्नेछ। पहिलो संस्करण जस्तै यसपटकको खेल पनि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमै आयोजना गरिनेछ।

गत संस्करण २०८१ सालको मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन गरिएको थियो। उक्त प्रतियोगिताको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। 

यसपटकको संस्करणमा पनि उत्साहजनक सहभागिता र प्रतिस्पर्धात्मक खेलको अपेक्षा गरिएको छ।