काठमाडौं, भदौ ६ :

नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन हिजो (बिहीबार) को तुलनामा सुन प्रतितोला चार सय रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन हिजो बिहीबार सुन प्रतितोला एक लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज (शुक्रबार) सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँ कायम छ ।

आइतबार प्रतितोला लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन सोमबार एक लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी मंगलबार प्रतितोला एक लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढ्दै २३ सय १० रुपैयाँ कायम छ । चाँदी बिहीबार प्रतितोला २२ सय ९० रुपैयाँमा कारोबार भएको थियो । आइतबार २३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २३ सय १५ रुपैयाँ र मंगलबार प्रतितोला २३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी बुधबार प्रतितोला २२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।