
वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ संघीय संसदको प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकले विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । संसद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयकले नेपालमा ठुला भौतिक पूर्वाधारको विकासका लागि नयाँ ढोका खोल्ने बताए ।
अर्थमन्त्री पौडेलले विधेयकले नेपालको विकासको आवश्यकतालाई सम्बोधन गर्ने भन्दै विधेयक छिटो पारित गरेर संसद्ले छोटो समयमा पनि महत्त्वपूर्ण काम गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको बताए ।
विधेयकमाथिको छलफलमा भाग लिँदै प्रतिपक्षी दलका सांसदहरुले समेत नवीन अवधारणा भन्दै विधेयकको प्रशंसा गर्दै सरकारलाई धन्यवाद दिएका थिए ।
संसद्को अर्थ समितिमा छलफल सम्पन्न भएपछि विधेयकलाई प्रतिनिधिमासभामा पेस गरिएको थियो । वैकल्पिक स्रोत जुटाएर धेरै प्रतिफल दिने ठुला पूर्वाधारका आयोजनामा लगानी गर्ने विधेयकको मुख्य उद्देश्य छ ।