काठमाडौं, भदौ ७ :

पूर्वी नेपालको सङ्खुवासभा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

शुक्रबार राति ११:१५ मा सो जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भए नभएको बारेमा कुनै विवरण भने प्राप्त हुन सकेको छैन ।

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्प पश्चात् नेपालमा कम म्याग्निच्यूडका भूकम्प जाने क्रम रोखिएको छैन ।