शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

विभिन्न घटनामा दुई जनाको मृत्यु

· शनिबार, ७ भदौ, २०८२ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
काठमाडौं, भदौ ७ :

झापामा दुई भिन्न घटनामा दुई जनाको मृत्यु भएको छ ।

कनकाई नगरपालिका–१ स्थित खहरे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जना र कमल गाउँपालिका–३ केराधापस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

उनका अनुसार आज बिहान कनकाई–१ का ३७ वर्षीय पङ्कज माझीले खहरे खोलामा बिजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको छ र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

त्यसैगरी शुक्रबार कमल–३ केराधापस्थित भित्री सडकखण्डमा केम्पाबाट केर्खातर्फ जाँदै गरेको प्रदेश १–०१–०१६ प ५१०५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ८८ वर्षीय टीकाराम श्रेष्ठको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट टाउको र दाहिने खुट्टामा चोट लागेपछि स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि श्रेष्ठलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शवलाई अहिले अस्पतालमै राखिएको छ भने मोटरसाइकल चालक ५१ वर्षीय मानकुमार सुवेदीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार