काठमाडौं, भदौ ७ :

काठमाण्डौंको टोखा नगरपालिका४ धापासी लाम्पाखा चोकमा पहिरोले एउटा ट्रान्सफर्मर सहित ६ वटा पोल पनि ढलेको छ ।

मानवीय क्षति भने भएको छैन । सो क्षेत्रमा हिजोदेखि विद्युत् आपूर्ति बन्द भएको छ ।

हिजोको बर्षाले पहिरो गएको हो । वडा कार्यालयले निर्माण गरेको पार्कमा पहिरो गएको हो । पार्क निर्माण गर्दा कमसल सामग्री प्रयोग गरेको स्थानीयको भनाई छ ।