
दार्चुला, भदौ ७ :
दार्चुलामा चट्याङ लागेर तीन जना घाइते भएका छन् ।
शुक्रबार राति चट्याङ पर्दा शैल्यशिखर नगरपालिका‐३, लुइटाका २४ वर्षीय बिमला लावड, चार वर्षीय रिया लावड र तीन महिने शिशु दिपेश लावड घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।
जोलजिवीका मनीराम टमटाको घरको आगनमा चट्याङ पर्दा भित्र कोठामा रहेका उनीहरूलाई समेत चट्याङको छिटा परेको बताइएको छ ।
उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ । घाइते रिया र दिपेश बिमलाका छोरा छोरी हुन् । बिमला माइती घरमा आएको बेला चट्याङ लागेको बताइएको छ । चट्याङ लागरे उक्त घरको गोठमा रहेको एक गोरु समेत मरेको प्रहरी निरिक्षक रावतले जानकारी दिए।
