आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

जुवातास खेलिरहेका ९ जना ६ लाख नगदसहित बालुवाटारबाट पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ३८ मिनेट अगाडि प्रकाशित
जुवातास खेलिरहेका ९ जना ६ लाख नगदसहित बालुवाटारबाट पक्राउ
प्रतीकात्मक तस्वीर ।
काठमाडौं, कात्तिक २२ :

बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा  प्रहरीले  ९ जनालाई नियन्त्रणमा लिएको छ।  

उक्त रेस्टुरेन्टमा छापा मार्ने क्रममा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई  ६ लाख ८५ हजारभन्दा बढी नगदसहित पक्राउ  गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

विशेष सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले  जुवाखालबाट ६ लाख ८५ हजार १९५ रुपैयाँ नगद, ९ बुक तास र १० थान मोबाइल बरामद गरेको छ।  पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार