आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते #हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते
समाचार प्रदेश कर्णाली प्रदेश

दैलेख घटना अपडेट : हँसिया प्रहारबाट घाइते एक महिलाको मृ*त्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २० मिनेट अगाडि प्रकाशित
प्रतीकात्मक तस्बिर
दैलेख, कात्तिक २२ :

दैलेखमा धारिलो हतियार प्रहारबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृ*त्यु भएको छ। ठाटिकाँध गाउँपालिका वडा नं. ४ का  बम बहादुर रावतले घरेलु हतियार (हँसिया) प्रहार गर्दा गम्भीर घाइते भएकी ४५ वर्षीया बिमा मगरको मृत्यु भएको हो।  जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो।

निजले चन्द्र बहादुर पुन मगरको घरमा पसेर अन्धाधुन्ध हतियार प्रहार  परिवारका अन्य ४ जना घाइते भएका थिए। प्रहरीका अनुसार घाइते हुनेहरूमा चन्द्र बहादुरकी भाइबुहारी २५ वर्षीया महेसरा पुन, २० वर्षीया छोरी लक्ष्मी पुन,२३ वर्षीया छोरी तिला पुनमगर र तिलाकी ३ महिनाकी छोरी जानकी रोक्का रहेकी छन्।

घाइतेहरूलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको छ। घटनामा संलग्न बम बहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। प्रहरीले घटनाको अनुसन्धान थालेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार