डोल्पा, कात्तिक २२ :
डोल्पा कारागारबाट फरार भएका कैदीमध्ये ६ जना पक्राउ परेका छन् । आइतबार साँझ थप दुई जना पक्राउ परेसँगै पक्राउ हुनेको संख्या ६ पुगेको हो ।
त्रिपुरासुन्दरी नगरपालिका–४ रंगगाउँभन्दा माथिको जंगलबाट पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–४ का हरिबहादुर बुढा र जाजरकोटको बारेकोट–१ का यज्ञ विक छन् । अब दुई जना पक्राउ हुन बाँकी छ । गत कात्तिक १४ गते बिहान आठ कैदी सुरुङ खनेर फरार भएका थिए ।
गत कात्तिक १४ गते बिहान ठूलीभेरी–३ दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदी सुरुङ खनेर फरार भएका थिए । प्रहरीले बाँकी दुई जनाको खोजी जारी राखेको जनाएको छ ।