काठमाडौं, भदौ ८ :

भुटानमा जारी साफ यू१७ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल बंगलादेशसँग खेल्दैछ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । डबल राउण्ड रोबिन लिगमा खेलिने प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ ।

यही अगस्ट ३१ सम्म हुने सो प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली सहभागी छन् ।

नेपाल र बंगलादेशले समान २ खेल खेल्दा १ मा जित र १ मा हारको नतिजा निकालेका छन् ।

आजै हुने अर्को खेलमा भारतले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।