नेपाली बजारमा आज (आइतबार) सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा सुन प्रतितोला २३ सय रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज (आइतबार) सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँ कायम छ ।
यसैगरी चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढ्दै २३ सय ५० रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी प्रतितोला २३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।