काठमाडौं, भदौ ८ :

साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार १८.०२ अंकले घटेको छ । योसँगै नेप्से २७३९.९५ विन्दुमा रोकिएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.०६ अंकले घट्दै ४७१.१९ विन्दुमा रोकिएको छ ।

नेप्सेमा आज ३२३ वटा कम्पनीको ५८ हजार १०५ पटकको कारोबारमा एक करोड ४० लाख नौ हजार ७०८ कित्ता सेयर किनबेच भए । जसअनुसार आज ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५ रुपैयाँबराबरको कारोबार भएको छ ।

नेप्सेमा आज २०८ कम्पनीका सेयर मूल्य घटे । जसमा ४१ वटा कम्पनीको मात्र सेयरमूल्य बढे । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा उत्पादन तथा प्रशोधनबाहेक सबै समूहका सूचक राताम्मे बने ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा विकास हाइड्रोपावर कम्पनी लिमिटेड सबैभन्दा अगाडि छ । यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता ३८८.७० रुपैयाँ कायम रह्यो ।

यसैगरी बढी गुमाउने कम्पनीको सूचीमा नारायण विकास बैंक लिमिटेड सबैभन्दा अगाडि छ । यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता १३३६.६५ रुपैयाँ कायम रह्यो ।

नेप्सेमा आज हिमालयन डिस्टिलरी लिमिटेडको कारोबार सर्वाधिक भएको छ । हिमालयन डिस्टिलरीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १४२३.९० रुपैयाँ कायम रह्यो । यसको एक अर्ब ७५ करोड ७९ लाख ३० हजार ३८६ रुपैयाँको सेयर कारोबार भएको छ ।