शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार प्रदेश गण्डकी प्रदेश अर्थतन्त्र

जीबी राईका जेठान ज्ञानबहादुर १० लाख धरौटीमा छुटे

सूर्यदर्शन सहकारीबाट कुल १ अर्ब ५१ करोड रुपैयाँ ठगी भएको माग दाबी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ८ भदौ, २०८२ मा प्रकाशित
जीबी राईका जेठान ज्ञानबहादुर १० लाख धरौटीमा छुटे
कास्की, भदौ ८ :

सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन १० लाख रुपैयाँ धरौटी बुझाएर जिल्ला अदालत कास्कीबाट रिहा भएका छन् ।

उनी आफैं अदालतमा उपस्थित भई बयान दिएका थिए। बम्जनले आफूमाथि लागेको ठगी आरोपलाई इन्कार गरेका छन्। बम्जनविरुद्ध २६ लाख ७० हजार ८७१ रुपैयाँ ठगी अभियोग छ भने अध्यक्ष रहँदा सहकारीबाट १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन भएको दाबी गरिएको छ ।

यो प्रकरणमा अध्यक्ष जीबी राईसहित हालसम्म संस्था तथा व्यक्ति गरी ६३ जनाविरुद्ध अभियोजन दर्ता भइसकेको छ ।

बम्जन सहकारीका मुख्य योजनाकार मानिने पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राईका जेठान हुन्। यसै प्रकरणमा जोडिएका रास्वपाका सभापति रवि लामिछाने पनि २०८० पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा छुटेर अहिले नख्खु कारागारमा छन्। 

यो प्रकरणमा अध्यक्ष जीबी राईसहित हालसम्म संस्था तथा व्यक्ति गरी ६३ जनाविरुद्ध अभियोजन दर्ता भइसकेको छ । सहकारीबाट कुल १ अर्ब ५१ करोड रुपैयाँ ठगी भएको दाबी गर्दै बिगो माग गरिएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार