
सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन १० लाख रुपैयाँ धरौटी बुझाएर जिल्ला अदालत कास्कीबाट रिहा भएका छन् ।
उनी आफैं अदालतमा उपस्थित भई बयान दिएका थिए। बम्जनले आफूमाथि लागेको ठगी आरोपलाई इन्कार गरेका छन्। बम्जनविरुद्ध २६ लाख ७० हजार ८७१ रुपैयाँ ठगी अभियोग छ भने अध्यक्ष रहँदा सहकारीबाट १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन भएको दाबी गरिएको छ ।
यो प्रकरणमा अध्यक्ष जीबी राईसहित हालसम्म संस्था तथा व्यक्ति गरी ६३ जनाविरुद्ध अभियोजन दर्ता भइसकेको छ ।
बम्जन सहकारीका मुख्य योजनाकार मानिने पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राईका जेठान हुन्। यसै प्रकरणमा जोडिएका रास्वपाका सभापति रवि लामिछाने पनि २०८० पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा छुटेर अहिले नख्खु कारागारमा छन्।
यो प्रकरणमा अध्यक्ष जीबी राईसहित हालसम्म संस्था तथा व्यक्ति गरी ६३ जनाविरुद्ध अभियोजन दर्ता भइसकेको छ । सहकारीबाट कुल १ अर्ब ५१ करोड रुपैयाँ ठगी भएको दाबी गर्दै बिगो माग गरिएको छ ।