बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

विधायन समितिको बैठक बस्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ९ भदौ, २०८२ मा प्रकाशित
विधायन समितिको बैठक बस्दै
काठमाडौं, भदौ ९ :

सङ्घीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । आजका लागि तय भएको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची छ ।

विधेयक २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो । जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि प्राप्त वस्तुलाई वैज्ञानिक विधि र पद्धतीको प्रयोगद्वारा प्रमाण सङ्कलन गर्न प्रयोगशाला स्थापना गरिनेछ ।

प्रयोगशालाको स्थापना, काम कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन तथा काम कर्तव्य र अधिकार, परीक्षणसम्बन्धी व्यवस्था, कार्यकारी निर्देशक र कर्मचारीको व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा लेखापरीक्षणलगायतको व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार