
काठमाडौं, भदौ १० :
हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थान र तराईका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी आज राति देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोशी लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।