शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

राज्य व्यवस्था समिति सभापतिमा आज मनोनयन दर्ता,भोली निर्वाचन

कांग्रेसको भागमा परेको सभापति कसलाई बनाउने भन्ने बिषयमा टुंगो लगाउन आज बिहान ११ बजे कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दैछ ।
· मंगलबार, १० भदौ, २०८२ मा प्रकाशित
राज्य व्यवस्था समिति सभापतिमा आज मनोनयन दर्ता,भोली निर्वाचन
काठमाडौं, भदौ १० :

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा आज मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।

आज दिउँसो १ बजेदेखि ४ बजेसम्म सचिवालयका सचिवको कार्यकक्षमा मनोनयन गर्न सकिने कार्यतालिकामा उल्लेख गरिएको  छ । सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भोली दिउँसो तीन बजे समिति बैठक बसेर निर्वाचन गर्ने तालिका रहेको छ ।

संसद सचिवालयका सचिव हर्कराज राईले  सभापति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका हुन् ।  

समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनि अर्को एक सदस्यको समर्थन सहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिने कार्यतालिकामा उल्लेख गरिएको छ ।

राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले  सङ्घीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा विवाद भएपछि नैतिकताका आधारमा राजीनामा दिँएपछि समितिको पद अहिले खाली छ ।

सङ्घीय संसद नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चुनिसक्नु पर्ने व्यवस्था छ । त्यसैले भोली निर्वाचन गरेर नयाँ सभापति चयन गर्न  लागिएको हो । दलहरूबिच भागबन्डा हुँदा कांग्रेसको भागमा परेको समिति सभापतिको टुंगो भने अझैसम्म कांग्रसले लगाउन सकेको छैन ।  

सभापति कसलाई बनाउने भन्ने बिषयमा टुंगो लगाउन आज बिहान ११ बजे कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दैछ ।  

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार