
तिजका लागि पशुपतिनाथको दर्शनका लागि पुगेका श्रद्धालु भक्तजनको सहजताका लागि कृत्रिम वर्षा (वाटर ड्रपलेट) गराइएको छ ।
पशुपति क्षेत्र विकास कोषले भक्तजनको सहजका लागि विभिन्न सुविधा दिएको छ । यसै क्रममा यस वर्ष पहिलोपटक गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेट गराइएको कोषले जनाएको छ ।
कोषका अनुसार मन्दिरको पश्चिम ढोकाअगाडि वाष्पीकरण गराइएको हो । अहिले परीक्षण गरिएको र पछि प्रभावकारी देखिए अरु बेला पनि प्रयोग गरिने तयारी छ । भोको पेटमा लामोसमय लाम लाग्नुपर्दा गर्मीले बेहोस् भएर भक्तजनहरु ढल्ने गरेका कारण यो उपाय अपनाइएको कोषले जनाएको छ ।
तिजका दिनमा दर्शनका लागि पशुपतिनाथ पुग्ने भक्तजनको घुइँचो लागेको छ । बिहानैदेखि पशुपतिनाथ पुगेर श्रद्धालु महिलाहरू बिहानैदेखि लाम लागेर पूजाआराधना गरेका छन् । कोषका अनुसार पाशुपत क्षेत्रमा आज करिब तीन हजार सुरक्षाकर्मी व्यवस्थापनका लागि खटाइएको छ ।
यो पनि…