बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

२० प्रहरी सम्पर्कविहीन भएपछि... [नामसहित]

प्रहरी प्रधान कार्यालयको निर्देशन- साता दिनमा हाजिर हुनू नत्र सेवाबाट हटाइनेछ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १० भदौ, २०८२ मा प्रकाशित
२० प्रहरी सम्पर्कविहीन भएपछि... [नामसहित]
काठमाडौं, भदौ १० :

एकजना प्रहरी सहायक निरीक्षक (असई) सहित २० जना प्रहरी कर्मचारीलाई सम्पर्कविहीन भएका छन् । उनीहरुलाई प्रहरी प्रधान कार्यालयले एक साताभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी गर्दै २० जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै सातादिनभित्र सम्पर्कमा आउन भनेको हो । साता दिनमा पनि सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।

यसरी गैरहाजिर हुनेमा एक असई, एक हवलदार, चार सहायक हवलदार, दुई कार्यालय सहयोगी, एकजना प्राविधिक प्रहरी जवान र बाँकी बाँकी सबै जवान छन् ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार