काठमाडौं, भदौ १० :

नेपाली बजारमा आज (मंगलबार) सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १५०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज (मंगलबार) सुन प्रतितोला एक लाख ९८ हजार ७०० रुपैयाँ कायम छ । आइतबार भने सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै २३ सय ६० रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी प्रतितोला २३ सय ५५ रुपैयाँमा कारोबार हुँदा आइतबार २३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।