काठमाडौं, भदौ ११ :

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य दुई लाखनजिक पुगेको छ । चाँदीको मूल्य भने केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला एक लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज (बुधबार) भने सुन प्रतितोला एक लाख ९९ हजार रुपैयाँ कायम छ । सोमबार सुन प्रतितोला एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घट्दै २३ सय ४५ रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदीको मूल्य २३ सय ६० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदी प्रतितोला २३ सय ५५ रुपैयाँमा कारोबार हुँदा आइतबार २३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।