
काठमाडौं, भदौ ११ :
प्रधानमन्त्री केपी ओलीको विश्वासको मतसम्बन्धी विवाद मुद्दामा समर्थन फिर्ता लिएको कागजात झिकाउन सर्वोच्च अदालतले आदेश गरेको छ ।
अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुन: समर्थन गरेको पत्र झिकाउन आदेश दिएको हो ।
साथै नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएको आधिकारिक पत्र झिकाउन पनि अदालतले आदेश गरेको छ ।