मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

सहसचिव खुलाबाट पदपूर्ति गर्ने विधायन समितिमा सहमति

प्रतिनिधिसभाबाट पारित विधेयकलाई राष्ट्रिय सभाको समितिले उल्टयायो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ११ भदौ, २०८२ मा प्रकाशित
सहसचिव खुलाबाट पदपूर्ति गर्ने  विधायन समितिमा सहमति
काठमाडौं, भदौ ११ :

राष्ट्रिय सभाको विधायन व्यवस्था समितिले निजामती सेवा सम्बन्धी विधेयकमा सहसचिव तहसम्म खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रस्तावमा सहमति जनाएको छ।

बुधबार सम्पन्न समितिको बैठकमा भएको छलफलपछि अब सहसचिव तहको १० प्रतिशत पद खुला प्रतिस्पर्धाबाट गर्न सकिने व्यवस्था हुने भएको हो। यसअघि सरकारले पेस गरेको विधेयकमा १० प्रतिशत सहसचिव पद खुलाबाट पदपूर्ति गर्ने प्रस्ताव थियो। जसलाई प्रतिनिधिसभाले हटाएर उपसचिव तहसम्म मात्र खुला प्रतिस्पर्धा हुने व्यवस्था गरेको थियो।

प्रतिनिधिसभाबाट पारित विधेयकमाथि राष्ट्रिय सभामा छलफल जारी छ। अब विधायन समितिको सहमतिअनुसार सहसचिव खुला प्रतिस्पर्धा समावेश गरिने सम्भावना बढेको छ।

स्रोतका अनुसार, समितिका अधिकांश सदस्यहरूले योग्य र प्रतिस्पर्धी जनशक्तिलाई अवसर दिनु आवश्यक रहेको धारणा राख्दै खुला प्रतिस्पर्धाको पक्षमा मत दिएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार