काठमाडौं, भदौ ११ :

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्विरोध निर्वाचित भएकी ईश्वरीदेवी न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी छिन्।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बुधबार  सभामुख देवराज घिमिरे उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

त्यस अवसरमा सभामुख घिमिरेले नवनिर्वाचित सभापति न्यौपानेलाई खादा ओढाएर बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा गृहमन्त्री, रक्षामन्त्री, कानुनमन्त्री, युवा तथा खेलकुदमन्त्री तथा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक, प्रमुख सचेतक र सांसदहरू सहभागी थिए।

समितिको सभापति पदका लागि भएको निर्वाचनमा न्यौपानेको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन् ।