बैतडी, भदौ ११ :

बैतडीको दशरथचन्द नगरपालिका–४ शाहीलेक नजिक जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ।

उग्रतारा यातायातको से१ज २४५ नम्बरको जिप बुधबार दिउँसो २ बजे गोठलापानीबाट खोड्पे जाँदै गर्दा ईश्वरीगंगा जाने बाटो नजिक दुर्घटना भएको हो। सबै घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरी निरीक्षक तथा प्रहरी प्रवक्ता बल्देव बडूले जानकारी दिए।

दुर्घटनापछि चालक रोशन भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ।