वीरगन्ज, भदौ १२ :

पर्सास्थित नारायणी अस्पतालमा हैजाबाट सङ्क्रमित ६४ बिरामी उपचाररत छन् । अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार उनीहरुको अवस्था सामान्य छ ।

अस्पतालमा भदौ ६ देखि ११ गतेसम्म २२६ जना झाडाका बिरामी आएकामा १६२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएको उनले जनाए । ६ जनाको सघन उपचारकक्षमा उपचार भइरहेको छ ।

बुधबार साँझसम्म ११० जनाको ‘कोलेरा आरडीटी’ गरिएकामा ४८ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ । आरडीटी पोजिटिभमध्ये १५ जनाको नमुना ‘कल्चर’ का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइकामा १२ जनामा ‘भिब्रिओ कोलेरा’ भेटिएको छ ।

Image