काठमाडौं, भदौ १२ :

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य दुई लाखनजिकै पुगेको छ । चाँदीको मूल्य पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । आज (बिहीबार) भने प्रतितोला ४०० रुपैयाँले बढ्दै सुनको मूल्य एक लाख ९९ हजार ४०० रुपैयाँ कायम छ । सुन मंगलबार प्रतितोला एक लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार प्रतितोला एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आइतबार भने एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्दै २३ सय ५५ रुपैयाँ कायम छ । चाँदी बुधबार २३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य २३ सय ६० रुपैयाँमा कारोबार हुँदा सोमबार प्रतितोला २३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने चाँदी प्रतितोला २३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।