भारतले आतंकवादी संगठन जैश-ए-मोहम्मदसँग सम्बन्धित भनी दाबी गरेका तीन पाकिस्तानी नागरिक नेपाल हुँदै मलेसिया फर्किएका छन् ।
हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान साउन २३ गते (अगस्त ८) मा दुबईबाट काठमाडौं आएका थिए। उनीहरू अध्यागमन विभागको कालोसूचीमा नरहेको र कुनै आपत्ति नदेखिएकाले निर्वाध नेपाल प्रवेश गरेका थिए ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार मोहम्मद उस्मान साउन ३० (अगस्ट १५), आदिल हुसैन भदौ ८ (अगस्ट २४) र हसनैन अली भदौ १२ (अगस्ट २८) मा मलेसिया फर्किएका हुन् ।
भारतले उनीहरू नेपाल हुँदै बिहार प्रवेश गरेको दाबी गर्दै नाम र तस्बिर सार्वजनिक गरेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार बिहारका सीमावर्ती जिल्लाहरूमा उच्च सुरक्षा सतर्कता जारी गरिएको छ ।
तर अध्यागमन रेकर्डअनुसार उनीहरू नेपालबाट मलेसिया फर्किएको पुष्टि भएको छ भने उनीहरू यसबीचमा कहाँ गए भन्ने विवरण खुलेको छैन ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कारागारमा हुँदाको भाकल पूरा गर्न रवि पत्नीसहित नैनीतालस्थित कैचीँधाम पुगे
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान